श्रीलङ्कामा सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने नियम हट्याे

 जेठ २६, २०७९ बिहिबार २०:३६:१५ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा मास्क लगाउनै पर्ने निर्णय खारेज गरिएको छ । श्रीलङ्काका स्वास्थ्य मन्त्री केहेलिया रामबुक्वेलाले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने निर्णय भाेलि शुक्रवारदेखि निष्क्रिय हुने आज बिहीवार जानकारी दिनुभयो ।  

कोरोना भाइरसको महामारीका कारण महामारी थप फैलिन नदिन सरकारले सार्वजनिक ठाउँमा मास्क लगाउनै पर्ने व्यवस्था गरेको थियो । 

पछिल्लो समय कोरोना भाइरसको महामारी निकै कम भएकाले मास्क अनिवार्य गर्नु आवश्यक नदेखिएकाले निर्णय खारेज गरिएको सरकारी अधिकारीहरूको भनाइ छ । 

स्वास्थ्य मन्त्री रामबुक्वेलाका अनुसार श्वासप्रश्वाससम्बन्धी वा सर्ने रोग लागेका व्यक्तिले भने मास्क लगाउनै पर्ने नियम कायमै रहेको छ । 

मास्क लगाउनु सामान्यतया स्वास्थ्यका लागि फाइदाजनक नै भए पनि कतिपयले गाह्रो मान्ने भएकाले लगाउनु अनिवार्य नगरिएको उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया