पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित

 जेठ २८, २०७९ शनिबार ९:२८:४३ | रासस
unn.prixa.net

काठमाण्डाै – नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न अन्तिम मत परिणामअनुसार शेर्पा सात सय ३५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले एक सय २२ मत ल्याउनुभयाे । 

सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे चार सय २८ मत ल्याएर निर्वाचित हुनुभयाे । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले चार सय २३ मत ल्याउनुभयाे । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा मोहन लम्साल चार सय ८९ मतका साथ विजयी हुनुभयाे । महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले तीन सय २३ मत प्राप्त गर्नुभयाे । सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचित हुनुभयाे । 

यस्तै सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित हुनुयाे । 
नयाँ नेतृत्व चयनका लागि शुक्रवार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान बेलुकी ५ बजेसम्म चलेको थियो । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका एक हजार दुई सय १५ मतदाता रहेका थिए । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि चुनाव भएको सङ्घले जनाएको छ ।

तस्बिर : भानुभक्त निराैलाकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया