पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चनकाे तयारी पूरा

 असार २, २०७९ बिहिबार १०:१३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की - पोखरामा नाटक ‘केस नम्बर ३११’ मञ्चन तयारी पूरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा भाेलि शुक्रवारबाट गन्धर्व नाटकघरमा मञ्चन गरिनेछ । असार ११ गतेसम्म मञ्चन हुने नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको ब्याच ४ र ब्याच ५ का प्रशिक्षार्थीले गरेका छन् ।

यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशील बरालले गरेका हुन् । नाटकमा न्यायाधीशको भूमिकामा झलक थापा, इजलास अधिकृतको भूमिकामा सुशील बराल र मनिषा के.सी, सरकारी वकिलको भूमिकामा अदित भुजेल र निजी वकिलको भूमिकामा एलिसा भोगले अभिनय गरेका छन् ।

यसैगरी कार्यालय सहयोगीको भूमिकामा गोपाल भुषाल, शिखाको भूमिकामा अनामिका रिजाल, जीवनको भूमिकामा प्रतीक राउत, रत्नाको भूमिकामा प्रतिभा रिमाल, छिमेकीको भूमिकामा पाल्मती थापा, प्रहरीको भूमिकामा कमल तामाङ, दिप्सना विश्वकर्मा र सुरज तिवारी तथा मनोचिकित्सको भूमिकामा दिव्य अमृतलाई हेर्न पाइनेछ । नाटककाे निर्देशनमा अधिवक्ता एवम् लेखक दीपक पराजुलीकाे रहेकाे छ । 

हिंसाले पीडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पारिएकाे छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने विश्वास लिइएकाे छ । 

समयसमायिक विषयमा तयार गरेका कारण दर्शकको माया पाउने सहजकर्ता एवम् पोखरा थिएटरका अध्यक्ष परिवर्तनकाे भनाइ छ । नाटकमा १९ वर्षीय शिखाले भोगेको हिंसा र हिंसाको कारण उत्पन्न मानसिक अवस्थालाई गहन ढङ्गले प्रस्तुत गरिने छ । 

नाटक हरेक दिन बेलुका सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिवार र आइतवार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया