हेटौँडा उपमहानगरको बजेट २ अर्ब ७१ करोड रुपैयाँ, सीसीटीभी मर्मत गर्न ४० लाख

 असार १२, २०७९ आइतबार १९:१:३३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि ठूलो आकारको बजेट ल्याएको छ । असार १० गते स्थगित भएको नगर सभा बैठक आज आइतवार हेटौँडाको मोटल एभोकाडोमा भएको हो । आउँदो आर्थिक वर्षका लागि दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार रुपैयाँको बजेट उपमहानगरका उपमेयर राजेश बानियाँले नगर सभामा प्रस्तुत गर्नुभयो । 

बजेटमा कार्यालय तथा प्रशासनिक खर्चतर्फ ३३ करोड ५७ लाख ८९ हजार बजेट विनियोजन भएको छ । सामजिक विकासतर्फ ८३ करोड ६७ लाख १७ हजार, पूर्वाधार विकासतर्फ एक अर्ब आठ करोड ४२ लाख रुपैयाँ विनियोजन भएको उपमेयर बानियाँले बताउनुभयो ।

यसैगरी वन तथा वातावरणतर्फ १२ करोड ६ लाख ८० हजार र सुशासन तथा संस्थागत विकासतर्फ सात करोड ३३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको छ । विविध कोषतर्फ ९९ लाख तथा बाग्मती प्रदेशबाट हस्तान्तरण भएका आयोजनाका लागि ६ करोड तीन लाख ७० हजार रुपैयाँ विनियोजन भएको छ ।

उपमहानगरपालिकाले सीसीटीभी मर्मत तथा सुधारका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको छ । वातावरण तथा विपद् व्यावस्थापनका लागि १२ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ । महिला, बालबालिका, सामाजिक विकास क्षेत्रका लागि ८३ करोड ६७ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी युवा तथा खेलकुदका क्षेत्रमा तीन करोड ७३ लाख रुपैयाँ छुट्याइएको उपमेयर बानियाँले बताउनुभयो ।

प्रस्तुत बजेटमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पिप्ले क्याम्पा रङ्गशालाको पूर्वाधार निर्माणका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । बजेटमा हेटौँडामा अर्को मिनी रङ्गशाला निर्माणका लागि ८० लाख तथा फुटबल एकेडेमी सञ्चालनका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

नेकपा एमाले सम्बद्ध ५४ जना बहुमत सदस्यले पेस गरेको संशोधन प्रस्ताव नगर सभापछि कानुनी परामर्श गरी प्रक्रिया अगाडि बढाउने सहमति भएपछि हेटौँडाको एघारौँ नगर सभा आज भएको हो ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले आउँदो बजेटमा व्यवसायीलाई फाइदा पुग्ने गरी करको दर निर्धारण गरेको, बजेटले सबै जिल्लालाई नसमेटेको, चुनाव केन्द्रित र एउटै योजना बजेट पुस्तिकमा धेरै स्थानमा दोहोरिएको आरोप लगाउँदै सदनमा अवरोध गरेको छ । 

बैठक सुरु हुनासाथ एमालेका सांसदले उठेर स्थगितको माग राखेका थिए । सभामुख सानुकुमार श्रेष्ठले एमाले मुख्य सचेतक दीपक निरौलालाई बोल्ने समय दिननुभएको थियो । मुख्य सचेतक निरौलाले बजेटमा आफ्नो पार्टीको असन्तुष्टिको विषय सदनलाई जानकारी गराउनुभएको थियो । उहाँले बजेट सत्तापक्ष केन्द्र भएको र मुख्यमन्त्रीले गरेको राजनीतिक सहमति विपरीत आएको बताउँदै संसद् अघि बढाउन नसकिने बताउनुभएको थियो । त्यसलगतै एमाले सांसदहरू उठेर संसदमा अवरोध गरेका थिए । त्यसपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक सोमवार विहान ११ बजे बस्ने गरी स्थगित गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया