पाँचथर : पहिराेले घर बगाउँदा बेपत्ता भएका २ जनाकाे शव ३७ घण्टापछि भेटियाे

 असार १९, २०७९ आइतबार १४:३१:४४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – गएकाे शुक्रवार राति पहिरोले घर बगाउँदा बेपत्ता भएका पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ७ का दुई जनाको शव ३७ घण्टापछि भेटिएकाे छ । 

शुक्रवार राति पहिरोले घर बगाउँदा फालेलुङ वडा नम्बर ७ का रुपलाल मगरको परिवारका तीन जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएर बेपत्ता भएकाको खोजी गर्ने क्रममा ४२ वर्षका रुपलालको शव हिजो शनिवार बिहान भेटिएको थियो । रुपलालकी श्रीमती ३८ वर्षकी गोमा मगर र भतिजी १९ वर्षकी एलिसा मगरको शव आज आइतवार बिहान भेटिएको प्रहरीले जनाएको छ । 

घरमाथि खनेको सडकबाट पहिरो गएको स्थानीयवासीले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया