जुम्लामा चट्याङ लागेर एक युवककाे ज्यान गयाे

 असार २३, २०७९ बिहिबार १०:४७:३६ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा चट्याङ लागेर एक युवककाे ज्यान गएकाे छ ।

हिजाे चट्याङ लागेर जुम्लाकाे तिला गाउँपालिका-९ का १८ वर्षका प्रेम बुढाको ज्यान गएकाे हाे ।

पानी परेका बेला ओत लाग्न रुखमुनि बसेका उनलाई चट्याङ लागेकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिनुभयो।

उहाँले घटनास्थल तिला गाउँपालिकाको रारालिहीबाट टाढा रहेकाे र टेलिफोन नलागेका कारण घटनाबारे थप जानकारी आउन बाँकी रहेकाे बताउनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया