जुम्लामा पावर हाउस पुरिँदा आमासहित दुई छोराको ज्यान गयो

 असार ३१, २०७९ शुक्रबार ८:०:२६ | नेत्र शाही
unn.prixa.net

जुम्ला - जुम्लामा जलविद्युत् आयोजनाको पावर हाउस पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

हिमा गाउँपालिका-१ आचार्य लिहीमा रहेको भित्री खोला लघुजलविद्युतको पावर हाउस पहिरोले पुर्दा त्यहाँ काम गर्ने अपरेटर गोरखबहादुर रावतकी श्रीमती र दुई छोराको ज्यान गएको हो ।

रावतकी ३० वर्षीया श्रीमती विमला, ९ वर्षीय छोरा भरत र ८ वर्षीय छाेरा सूर्य रावतको घटनास्थलमा नै ज्यान गएको हो । प्रहरी चौकी बड्कीका प्रहरी नायब निरीक्षक रामप्रसाद चौलागाईँका अनुसार गएराति ११ बजे पावर हाउसको पानी ओभरलोड भएपछि पहिरो गएको थियो ।

राति दुई बजे खबर आएपछि घटनास्थल पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अपरेटर गोरखबहादुर रावत गाउँमा रहेकाले उहाँकी श्रीमती र दुई छोरा पावर हाउसमा सुतेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया