बाग्मती प्रदेश : एउटै मन्त्रालयका १३ वटा कार्यालयको चिया–खाजा, भ्रमण, इन्धनमै सकियो ११ करोड रुपैयाँ

 साउन ३, २०७९ मंगलबार १७:५४:० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – नागरिकले तिरेको करबापतको सरकारी रकममा कर्मचारीले आफूखुसी मनलाग्दी ढङ्गले खर्च गरेको पाइएको छ । बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका १३ वटा सरकारी कार्यालयले कार्यालयको विविध खर्चमा मात्र १० करोड ९८ लाख ४२ हजार रुपैयाँ खर्च गरेको भेटिएको छ ।

महालेखा परीक्षकको कार्यालयले गएकाे बुधवार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा १३ वटा सरकारी कार्यालयले गरेको विविध खालका खर्चमा प्रश्न गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका सरकारी कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा यतिका धेरै रकम नियमसङ्गत नगरेको भनेर महालेखा परीक्षककाे कार्यालयले प्रश्न उठाएको हो ।

विभिन्न कार्यालयले कन्टिन्जेन्सी (आकस्मिकता) बापतको रकम चिया खाजा, दैनिक भ्रमण भत्ता, इन्धन, गाडी र मोटरसाइकल मर्मत, कार्यालय तथा स्टेशनरी, छपाइ, सूचना प्रकाशन र कार्यालय सञ्चालनमा खर्च गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयको खर्च निर्माण सुपरभिजनमा खटिएका प्राविधिकसमेतको रहेको यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका सूचना अधिकारी हरिप्रसाद ओझाले बताउनुभयो ।

कार्यालयगत खर्च हेर्दा नागरिकले तिरेको करबाट प्राप्त सरकारी पैसामा कर्मचारीले दोहन गरेकाे पाइएकाे छ । यस्ता खर्चमा नियममा विस्तृत गरेर कन्टिन्जेन्सी खर्चको कार्यविधिसमेत तर्जुमा गरेर मात्र खर्च गर्नका लागि महालेखाले सुझाव दिएको छ ।

विविध क्षेत्रमा ठूलो रकम खर्च गर्ने कार्यालयहरू र महालेखा परीक्षकको कार्यालयले औँल्याएको विषय यस्तो छ–

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया