बाढीले नाग्म–गमगढी सडक बन्द

 साउन ४, २०७९ बुधबार १७:५३:१६ | नेत्र शाही
unn.prixa.net

नाग्म–गमगडी राजमार्गको विष्टवाडा खोला । तस्बिर : नेत्र शाही/जुम्ला

जुम्ला – कर्णाली राजमार्ग अन्तर्गत नाग्म–गमगढी सडक बन्द भएको छ । निरन्तर वर्षाले बाढी आएपछि सिंजा गाउँपालिका २ विष्टवाडाको खोलामा सडक बन्द भएको हो । 

सिंजा वडा नम्बर २ का अध्यक्ष तीर्थ वडका अनुसार विष्टवाडा खोलामा ठूलो बाढी आएको छ । गाडी आवतजावत गर्न सक्ने अवस्था छैन । गाडी खाेला वारि र पारि राेकिँदा यात्रु अलपत्र परेका छन् । 

सडक छिट्टै सञ्चालनमा ल्याउनका लागि प्रहरी प्रशासन सबैलाई खबर गरिएको उहाँले बताउनुभयाे । बाढीले धान खेत पनि पुरिएका उहाँले जानकारी दिनुभयाे । 

बाढीले सिंजा गाउँपालिका ३ नराकोट पालिका भवनकाे हिमा नदीमाथिकाे काठे पुलमा पनि आउजाउ बन्द भएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया