स्यानिटरी प्याड खरिदमा ‘कमिसनको खेल’, १२ लाख २१ हजार रुपैयाँ बढी भुक्तानी

 साउन १२, २०७९ बिहिबार १८:५३:९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिकामा विद्यालयका किशोरी र महिला शिक्षकले प्रयोग गर्नका लागि खरिद गरिएको स्यानिटरी प्याडमा पनि कमिसनको खेल रहेको पाइएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा सङ्घीय सरकारबाट प्राप्त रकमबाट स्यानिटरी प्याड खरिद गर्दा अनियमितता भएकोमा महालेखा परीक्षकको कार्यालयले प्रश्न गरेको छ । स्यानिटरी प्याड खरिदमा गाउँपालिकालाई नोक्सान हुने गरी १२ लाख २१ हजार ६१ रुपैयाँ बढी भुक्तानी दिएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बकैया गाउँपालिकाले बोलपत्रमार्फत खरिद गरेको स्यानिटरी प्याड र सोझै खरिद गरेको स्यानिटरी प्याड खरिदमा बढी रकम भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । बकैयाँका विद्यालयमा अध्ययनरत छात्रा महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याड खरिदमा पनि प्रतिप्याकेट दुई सय ४० रुपैयाँ बढी रकम गाउँपालिकाले भुक्तानी गरेको जनाएको छ ।

सर्वसुलभ रूपमा प्राप्त गर्ने स्यानिटरी प्याड गाउँपालिकाले सोझै पहिले खरिद गर्दा प्रतिपिस १० रुपैयाँमा खरिद गरेकोमा दरभाउ कर्ताले प्रतिपिस ४० रुपैयाँ कबोल गरेकोमा त्यही सामान खरिद गरेकोमा महालेखाले प्रश्न उठाएको हो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया