वाग्मती प्रदेशको भौतिक मन्त्रालयद्वारा विना प्रतिस्पर्धा ६४ करोडको डीपीआर खरिद

 साउन १७, २०७९ मंगलबार १२:३८:३३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चार वर्षको अवधिमा ६४ करोड ३५ लाख २२ हजार रुपैयाँ बराबरको डीपीआर विना प्रतिस्पर्धा खरिद गरेको पाइएको छ ।

मन्त्रालय र मातहतका कार्यालयमा कर्मचारीले टेण्डरमार्फत गर्नुपर्ने डीपीआर निर्माणको काम बजेटलाई टुक्रा पारेर खरिद गर्ने गरेको पाइएको हो । आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०७७/०७८ सम्म मन्त्रालय र मातहतका कार्यालयले ६४ करोड ३५ लाख २२ हजार रुपैयाँ बराबरको डीपीआर खरिद गरेको हो ।

डीपीआर निर्माण गर्ने र कार्यान्वयन गर्न बाँकी रहेका डीपीआर हुँदाहुँदै फेरि अरु डीपीआर निर्माण गर्ने गरेको महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । तीन वर्षमा कमिसनकै लागि विना प्रतिस्पर्धा खरिद गरिएका २ सय डीपीआरलाई बजेट नै छुट्याइएको छैन ।

एउटै काममा मन्त्रालय र मातहका कार्यालयको दोहोरोपन पनि देखिएको छ । पहिलेका तीन वर्षमा निर्माण भएको तर कार्यान्वयन गर्न बाँकी २ सय वटा डीपीआर कार्यान्वयन भएपछि मात्र अरु डीपीआरका लागि बजेट छुट्याउनुपर्नेमा फेरि बजेट छुट्याएर डीपीआर निर्माण गरेकोमा महालेखाले प्रश्न गरेको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा ४८ करोड ५३ लाख रुपैयाँ बजेट छुट्याएकाेमा २४ करोड ३५ लाख २२ हजार रुपैयाँ मात्र खर्च गरेको छ । खर्च गरेको रकम मध्येमा धेरैजसो विना प्रतिस्पर्धा डीपीआर खरिद गरेकाे हो । खरिद गरेका डीपीआर धेरै कार्यान्वयनमा नै आएका छैनन् ।

डीपीआर निर्माण गर्ने र कार्यान्वयन नहुने अवस्थामा त्यस्ता खर्चको नियन्त्रण गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया