पाँचथरमा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५६ वर्षीय पुरुष पक्राउ

 साउन ३१, २०७९ मंगलबार १२:३०:२८ | उपेन्द्र येक्तेन
unn.prixa.net

साङ्केतिक तस्बिर

पाँचथर – चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक पुरुष पक्राउ परेका छन् ।

जिल्लाको फिदिम नगरपालिका-११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो ।

बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिनमा रहेकाे फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको पाँचथर प्रहरी जनाएको छ । बुढाथोकीले शनिवार राति बालिकालाई बलात्कार गरेको आरोप छ ।

बालिकाका आफन्तले सोमवार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन् । बुढाथोकी विरुद्ध उजुरी परेलगत्तै आरोपितलाई पक्राउ गरिएको र घटनाको विषयमा थप अनुसन्धान थालिएको राईले बताउनुभयो।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया