हेटौँडाको सरकारी 'डाटा सेन्टर' मा आगलागी, ‘सबै डाटा सुरक्षित’

 असोज ९, २०७९ आइतबार १६:४०:१३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – सरकारको 'डाटा सेन्टर' को ब्याकअपका रूपमा रहेको हेटौँडाको डिजास्टर रिकभरी सेन्टरमा आगलागी भएको छ । हुप्राचौरमा रहेको सेन्टरमा आज आइतवार दिउँसो आगो लागेको र अहिले निभाइएकाे राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक रमेशप्रसाद पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो । 

ब्याट्री राख्ने कोठाबाट आगो सल्किएको र क्षतिको विवरण बुझ्न कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलसहितको टोली हेटौँडा प्रस्थान गरिसकेको पनि उहाँले जानकारी दिनुभयो । आगलागीबाट ब्याट्री र अरू संरचनामा क्षति पुगे पनि सरकारी डाटाको भण्डारण रहेको स्थान भने सुरक्षित रहेको छ । 

ब्याट्री जलेको र बिजुली प्रवाहमा समस्या भएकाले केही सरकारी कार्यालयको अनलाइन सेवामा सामान्य समस्या आउन सक्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया