जुम्लामा बस्तीमा बाढी पस्ने डर भएपछि ११ घरपरिवारलाई सुरक्षित ठाउँमा सारियाे

 असोज २२, २०७९ शनिबार १७:३९:४५ | नेत्र शाही
unn.prixa.net

जुम्ला - बाढीकाे जाेखिम भएपछि जुम्लाको तिला गाउँपालिका-३ कुडारीका ११ घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको छ । 

कुडारी खोला बढेर बस्ती डुबाउने जाेखिम देखिएपछि खोला नजिकका ११ घर परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तण गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दका अनुसार बाढीले बगाउने डर भएपछि उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको हो ।

जुम्लाकै कनकासुन्दरी-५ मा घर भत्कँदा एकै परिवारका पाँच जना र छिमेकी दुई जनाको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । यसैगरी जिल्लाभर घर भत्किएका विभिन्न खबरहरु आइरहेका छन् । टेलिफोन नहुँदा जिल्लाभरको क्षति विवरण पूरा आउन नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिमा गाउँपालिका-५ का धनबहादुर शाहीको घर भत्किएको छ । यसैगरी गुठीचौर गाउँपालिका देपालगाउँमा कमलसिंह खत्री र गोविन्द खत्रीको घर भत्किएर क्षति भएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया