नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आजदेखि म्याग्दीमा महिला भलिबल र तेक्वान्दो सुरु हुँदै

 असोज २७, २०७९ बिहिबार १०:५९:५९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी - म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुँदैछ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीमा राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।

म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको खुलामञ्चमा भलिबल र कालीपुलको बहुउद्देश्यीय कभर्डहलमा तेक्वान्दो प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ।

आजदेखि कात्तिक २ गतेसम्म हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सय जनाभन्दा बढी खेलाडी तथा अफिसियलहरु म्याग्दी पुग्नेछन् ।

महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित १० र तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय तथा एनआरएनसहित कुल ११ वटा टिमले सहभागिता जनाउने छन् । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया