सोलुखुम्बुमा एउटा घरमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरकाे क्षति

 असोज ३१, २०७९ सोमबार १२:४१:२४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु  - सोलुखुम्बुमा एउटा घरमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । माप्यदुधकोशी गाउँपालिका-१ जुभिङका पवन विककाे घरमा हिजाे बेलुका आगलागी भएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक राम किशोर शाहले विद्युत् सर्ट भइ आगलागी भएकाे जानकारी दिनुभयाे । आगलागीबाट नगद ७५ हजार रुपैयाँसहित घरभित्र भएका सबै सामान जलेर नष्ट भएको ‍उहाँले बताउनु भयाे । 

स्थानीय र प्रहरीको सहयोगमा हिजाे बेलुका पाँच बजेतिरै आगो निभाइएकाे शाहले बताउनु भयाे । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया