नवौँ राष्ट्रिय खेलकुद : महिला भलिबलतर्फ क्वाटर–फाइनलका खेल सकिए

 असोज ३१, २०७९ सोमबार १९:२:४६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – म्याग्दीको सदरमुकाम बेनीमा चलिरहेकाे नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (सोमवार) महिला भलिबलतर्फ क्वाटरफाइनलका खेल सकिएका छन् । 

आज भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको (एपीएफ) क्लबले लुम्बिनी प्रदेशलाई २५–१५, २५–१८ र २५–१० को सोझो सेटमा हराउँदै विजयी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीले जनाएको छ । 

यसैगरी आजै भएकाे दोस्रो खेलमा बाग्मती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई २५–१२, २५–१५ र २५–२३ को सोझो सेटमा हराउँदै विजयी भएको छ भने तेस्रो खेलमा नेपाल पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २५–१३, २५–२०, २५–२३, २५–१४ र १५–१३ को सेटमा हराउँदै विजयी बनेको छ । यो खेलमा पहिलो र दोस्रो सेट पुलिस क्लब, तेस्रो र चौथो सेट आर्मी क्लब र पाँचौँ तथा अन्तिम सेट भने पुलिसले जितेको थियो । 

त्यस्तै अन्तिम खेलमा गण्डकी प्रदेशले प्रदेश नम्बर १ लाई २५–१०, २५–१० र २५–१७ को सोझो सेटमा हराउँदै विजयी भएको जिल्ला भलिबल सङ्घ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । भोलि (मङ्गलवार) देखि सेमीफाइनलका खेल हुनेछन् । 

यसैबीच तेक्वान्दो प्रतियोगितातर्फ पनि खेल चलिरहेकाे आयोजकले जनाएको छ । बेनीको कालीपुलको बहुउद्देश्यीय कभर्ड हलमा तेक्वान्दो र खुलामञ्चमा भलिबल सञ्चालन भइरहेको छ । 

राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम गरेर १० वटा टिमको सहभागिता रहेको छ भने तेक्वान्दो प्रतियोगितामा सात प्रदेश, विभागीय र एनआरएनएसहित ११ वटा टिमले सहभागिता जनाएका छन् । 

आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने दुई वटै प्रतियोगितामा देशैभरबाट ६ सय जनाभन्दा बढी खेलाडी तथा अफिसियलहरू म्याग्दीमा छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया