‘डलर जाेगाउन’ बङ्गलादेश सरकारले बलिउड अभिनेत्री नाेरा फतेहीकाे नृत्य कार्यक्रम राेक्याे

 कात्तिक १, २०७९ मंगलबार १४:५३:२ | एजेन्सी
unn.prixa.net

बङ्गलादेश सरकारले विदेशी मुद्रा बचाउन भन्दै बलिउड अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम रद्द गरिदिएको छ । बङ्गलादेशको सांस्कृतिक मामिलासम्बन्धी मन्त्रालयले सूचना निकालेर राजधानी ढाकामा हुन लागेको कार्यक्रम रद्द गरेको बीबीसीले जनाएको छ ।

विज्ञप्तिमा देशमा अमेरिकी डलरको सञ्चितिको अवस्था कमजोर रहेको भन्दै विदेशी मुद्रा सञ्चिति जोगाइराख्न यस्तो निर्णय गर्नुपरेको उल्लेख छ । ढाकामा आयोजित वुमन लिडरशीप को–अपरेशन नामको महिला नेतृत्वसम्बन्धी कार्यक्रममा भारतीय चलचित्र उद्योगकी अभिनेत्री नोरा फतेहीको नृत्य कार्यक्रम राखिएको थियो ।

बङ्गलादेशमा गएको वर्ष डलर सञ्चिति ४६ दशमलव १३ अर्ब डलर रहेकोमा अहिले त्यो घटेर ३६ दशमलव ३३ अर्ब डलरमा झरेको छ । यो रकमले बङ्गलादेशको केबल चार महिनाको मात्र आयात धान्न सक्ने विज्ञहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया