अपूर्वलाई साढे २ लाख रुपैयाँ धराैटीमा रिहा गर्न आदेश

 कात्तिक ३, २०७९ बिहिबार १८:२१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ जिल्ला अदालतले कमेडियन अपूर्व क्षितिज सिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

आज बिहीवार क्षितिजमाथिको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले उनलाई साढे दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । अपूर्वले धरौटी बुझाए आजै छुट्ने छन् ।

नेवारी संस्कृतिमाथि अपूर्वले गरेको स्ट्यान्डअप कमेडीविरुद्ध उजुरीका कारण अपूर्व दोस्रो पटक पक्राउ पर्नुभएको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया