दुई वर्षपछि प्रज्ञामा सिस्नुपानी देउसी : हलमा पुगेन ठाउँ, डबलीमा भिड

 कात्तिक ६, २०७९ आइतबार ९:३६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तिहारको अवसरमा ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रम गरिएको छ ।

शनिवार हिजाे नेपाल प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले संयुक्त रूपमा प्रज्ञा भवनमा देउसी भैलो कार्यक्रम गरेका हुन् । समसामयिक राजनीति, बढ्दो भ्रष्टाचार तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग्यात्मक प्रस्तुति गरिएको थियो।

कार्यक्रममा देउसी भैलोसँगै विभिन्न साङ्गीतिक प्रस्तुति समेत गरियो । देउसी भैलो कार्यक्रममा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ,  हरिवंश आचार्य, मनोज गजुरेल, चक्र दुवाडीलगायतले व्यङ्ग्यात्मक प्रस्तुति प्रस्तुत गरेका दिए । 

देउसी भैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विभागीय मन्त्रीहरू, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विभिन्न राजनीतिक दलका नेता, काठमाण्डौ तथा ललितपुर महानगरका मेयर, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुखलगायत सहभागी थिए । देउसी हेर्न प्रज्ञा भवनभित्रको हल र बाहिर डबलीमा दर्शकको घुइँचो थियो । अच्युतराम भण्डारीको नेतृत्वमा ३८ जनाले तबलाबाट दर्शकलाई स्वागत गरेका थिए ।

लगत्तै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, मनोज गजुरेलले पैसाका लागि कसरी नेताले नागरिकको भावनासँग खेल्छन् भन्ने प्रस्तुति दिए । सिद्धान्त फरक भए पनि सत्ता, शक्ति र पैसामा उनीहरूले इमान बेच्छन् भन्ने कुराको प्रस्तुति दिँदा दर्शकबाट ताली बजेको थियो ।

हरेक वर्ष तिहारको अवसरमा सिस्नुपानी नेपालले देउसी भैलो कार्यक्रम गरे पनि यसअघि दुई वर्ष कोरोनाले गर्दा रोकिएको थियो । दुई वर्षपछि भएको कार्यक्रम भव्य भएको आयोजक सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया