हेटौँडाको राप्ती किनारमा मनाइयो छठ पर्व (तस्बिरहरू)

 कात्तिक १३, २०७९ आइतबार १८:३१:५८ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ राप्ती नदीकाे किनारमा आज आइतवार बेलुका भव्यरूपमा छठ पर्व मनाइएको छ । तराईका जिल्लाहरूमा जस्तै आज हेटौँडामा पनि धुमधामका साथ छठ पर्वको मुख्य दिनमा छठी माताकाे पूजाकाे साथै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको हो । 

हेटौँडाको राप्ती नदीको उराठ लाग्ने बगर निकै झकिझकाउ बनाइएको थियाे । बगर झिलिमिली बत्तीले सिँगारिएको छ । व्रतालुले खोला नजिक बनाएको घाटमा प्रसाद सामग्री ठेकुवा, गहुँको पिठो र सख्खर मिसाएर घिउमा बनाइने खास परिकार, भुसुवा, कसार र अन्य मिष्टान्न परिकार, केरालगायतका सामग्रीहरू सूर्यलाई चढाउन राखेका छन् । आज बेलुका व्रतालुले कम्मरसम्म पानीमा चोबलिएर नुहाएसँगै अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर प्रसाद राखिएको डाली हातमा उठाएर सूर्यलाई देखाएका छन् । 

यो विधिलाई ‘सझुका अरख’ वा ‘सँझियाघाट’ भनिन्छ । यसरी ‘सझुका अरख’ मा देखाइएको प्रसाद सामग्रीको डाली सप्तमीका दिन भाेलि साेमवार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर देखाइएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया