आज फाल्गुनन्दको १३८औँ जन्मजयन्ती : प्रदेश–१ मा सार्वजनिक बिदा

 कात्तिक २५, २०७९ शुक्रबार ८:२८:१० | उपेन्द्र येक्तेन
unn.prixa.net

फाइल तस्बिर

पाँचथर - आज महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदैछ । विशेषगरी किरात समुदायमा गुरु फाल्गुनन्दको योगदान स्मरण गरी सम्झना गर्ने गरिन्छ । फाल्गुनन्द जयन्तीको अवसरमा किरात समुदायका अगुवाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

१९४२ सालमा पूर्व नेपालको इलाममा जन्मिएका महागुरु फाल्गुनन्दको पूर्वी नेपालका विभिन्न ठाउँमा किरातहरूको मग हिम मन्दिरको स्थापना गर्न योगदान छ । किरात समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको प्रादुर्भाव गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ ।

त्यस्तै, किरात समुदायलाई रूढिवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुननन्दको भूमिका छ । सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उहाँको सम्मानमा पाँचथरमा गाउँपालिकाको नाम नै फाल्गुनन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उहाँको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ ।

फाल्गुनन्दको तस्बिर प्रयोग गरेर सरकारले हुलाक टिकट पनि निकालेको छ । नेपालमा मात्र होइन, भुटान र भारतमा रहेका किरात समुदायले आजको दिनलाई विशेष रुपमा लिने गरेका छन् । फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज प्रदेश–१ मा सार्वजनिक बिदा दिइएको छ । फाल्गुनन्दको २००५ सालमा पाँचथरमा निधन भएको थियो । 

सत्य वचन र धर्म कर्ममा निष्ठ, समाज सुधारक महागुरु फाल्गुनन्दको जन्म जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देशसहित उहाँले देखाएको बाटोमा  हिँड्न सके सामाजिक तथा सांस्कृतिक विविधताबीच सद्भाव कायम रहने विश्वास व्यक्त गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया