सोलुखुम्बु : आचारसंहिता उल्लङ्घन गर्ने चार जनप्रतिनिधिलाई आयोगको स्पष्टीकरण

 मंसिर १, २०७९ बिहिबार ८:३५:९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुका चार जनप्रतिनिधिलाई जिल्ला आचारसंहिता अनुगमन समितिले स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घनबारे परेको उजुरीका आधारमा थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई, माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई, खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पा र उपाध्यक्ष टासी ल्हामु शेर्पालाई समितिले लिखित स्पष्टीकरण सोधेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थुलुङ दुधकोशी गाउँपालिका र माप्यदुधकोशी गाउँपालिका अध्यक्षहरुले स्पष्टीकरण पेस गरिसकेका छन् भने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले पेस गर्न बाँकी रहेको छ ।

माप्य दूधकोशी गाउँपालिका अध्यक्षले कात्तिक २३ गते र थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षले कात्तिक २५ गते लिखित जवाफ पेस गरेका हुन् । चारै जनाको जवाफ प्राप्त भएपछि आयोगमा पठाइने जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक समेत रहेका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले बताउनुभयो।

थुलुङ दुधकोशी र माप्य दुधकोशी गाउँपालिका अध्यक्ष विरुद्ध पालिका क्षेत्रको चुनावी सभामा भोट मागेको र खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले निर्वाचन आचारसंहिता लागू भइसकेपछि मतदातालाई प्रभावित पार्ने गरी खानेपानी र विद्युत् सर्वेका लागि प्राविधिक खटाएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया