पाँचथर : सुखबोध मावि मतदान स्थलमा अधिकृतदेखि म्यादी प्रहरीसम्म महिलामात्रै

 मंसिर ४, २०७९ आइतबार ७:१०:४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर  –  पाँचथरका तीन वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिएका छन् । 

फिदिममा रहेकाे सुखबोध मावि जोरसालमा रहेको मतदान स्थलका तीनवटै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सहयोगी, सुरक्षाकर्मी र म्यादी प्रहरी महिला खटाइएको हो ।

प्रत्येक केन्द्रमा ८ जनाका दरले २४ जना कर्मचारी र ६ जनाका दरले १८ जना सुरक्षाकर्मी गरी कुल ४२ महिला कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले बताउनुभयो ।

यसअघि गएकाे वैशाखमा सम्पन्न पालिका चुनावमा यहाँका तीन वटामध्ये एउटा केन्द्रको जिम्मेवारी महिलालाई दिइएको थियो ।   यस केन्द्रमा फिदिम नगरपालिका-४ का २ हजार ८ सय मतदाता छन् ।

योसँगै जिल्लाभर १६ जना महिलालाई मतदान अधिकृत र ४५ जनालाई सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया