सोलुखुम्बुमा मतदान सुरु, चिसोले मतदाताको उपस्थिति न्यून

 मंसिर ४, २०७९ आइतबार ८:१५:२९ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – हिमाली जिल्ला सोलुखुम्बुमा चिसोको कारण मतदान केन्द्रमा मतदाताको उपस्थिति न्यून रहेको छ ।

अन्य जिल्लाहरूमा जस्तै यहाँ पछि बिहानैदेखि मतदान सुरु भए पनि चिसोका कारण मतदाताहरूको उपस्थिति न्यून रहेको हो । बिहान अत्यन्त चिसो भएकाले सदरमुकाम सल्लेरी आसपासकै मतदान केन्द्रहरूमा समेत मतदाताको उपस्थिति न्यून रहेको मतदान अधिकृतहरूले जानकारी दिएका छन् ।

जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको पाङबोचे मावि मतदान केन्द्रमा पनि अहिले मतदान सुरु भइसकेको मतदान अधिकृत ङवाङ दोर्जी बाहिङले जानकारी दिनुभयो ।

सोलुखुम्बुमा १२२ मतदान स्थल र १३६ वटा मतदान केन्द्र रहेका छन् । ८१ हजार ५ सय २ जना मतदाता रहेको जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा गरी २० जनाले उम्मेदवारी दिएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया