सोलुखुम्बुकाे लिखुपिके र खुम्बु बाहेकका मतपेटिका सल्लेरी आइपुग्यो

 मंसिर ५, २०७९ सोमबार ८:५६:४० | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको १ सय १९ वटा मतदान केन्द्रहरुको मतपेटिका जिल्ला सदरमुकाम सल्लेरी आइपुगेको छ। १३५ मतदान केन्द्र रहेको जिल्लामा लिखुपिके र खुम्बु पासाङ ल्हामु बाहेकका पालिकाहरुको सबै मतपेटिका मतगणना स्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

खुम्बुको ११ वटा मतदान केन्द्रमध्ये वडा नम्बर १ क्षेत्रका २ वटा केन्द्रको मतपेटिका गाडीमार्फत् सल्लेरी ल्याइएको छ भने बाँकी ९ ठाउँको मतपेटिका सङ्कलन पछि हेलिकप्टरमार्फत् ल्याउने तयारी गरिएको छ। लिखुपिकेको ७ वटै मतदान केन्द्रको मतपेटिका किन्जामा सङ्कलन गरेर राखिएकाले आज सोमवार गाडीमार्फत् ल्याउने सहायक निर्वाचन अधिकृत नगेन्द्र कुमार कालाखेतीले जानकारी दिनुभयो।

८ पालिका भएको जिल्लामा सोलुदुधकुण्ड नगरपालिकामा ३३, थुलुङ दुधकोशी गाउँपालिकामा २६, माप्यदुधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङ ल्हामुमा ११ र लिखुपिकेमा ७ वटा मतदान केन्द्र छन्।

हिजो आइतवार देशभर भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सोलुखुम्बुमा करिब ४८ दशमलव ३८ प्रतिशत मत खसेको छ । ८१ हजार ५ सय २ मतदाता रहेको जिल्लामा करिब ३९ हजार ४ सय ३३ मत खसेको प्रारम्भिक तथ्याङ्कले देखाएको छ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया