विश्व कप फुटबलमा आज चार वटा खेल : इङ्ग्ल्यान्ड र अमेरिका खेल्दै

 मंसिर ९, २०७९ शुक्रबार ८:१६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा आज चार वटा खेलहरु हुँदैछन् । आज समूह चरण अन्तर्गत समह ‘ए’ र समूह ‘बी’ का दुई/दुई खेलहरु हुनेछन् ।

आजको पहिलो खेलमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे समूह ‘बी’ को इरान र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । वेल्सले पहिलो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो भने इरान इङ्ग्ल्यान्डसँग ६–२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो ।

आज हुने दोस्रो खेलमा समूह ‘ए’ को कतार र सेनेगलबीच खेल हुनेछ । कतार र सेनेगलबीचको खेल बेलुका पौने ७ बजे सुरु हुनेछ । कतार विश्व कप आयोजक देश समेत हो । उद्घाटन खेलमा कतार इक्वेडरसँग २–० गोलले पराजित भएको थियो । त्यस्तै सेनेगललाई नेदरल्यान्ड्सले हराएको थियो । आज हुने अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच खेल हुनेछ । नेदरल्यान्ड्स र इक्वेडरबीचको खेल राति पौने १० बजे सुरु हुनेछ ।

त्यस्तै आजराति इङ्ग्ल्यान्ड र अमेरिकाबीच खेल हुनेछ । समूह ‘बी’ मा रहेको इङ्ग्ल्यान्ड र अमेरिकाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ ।

विश्व कप फुटबलमा ब्राजिल, पोर्चुगल र स्विट्जरल्यान्डले विजयी सुरुवात गरेका छन् । विश्व कप फुटबलमा हिजो भएको खेलमा उरुग्वे र दक्षिण कोरियाले बराबरी खेल्दै अङ्क बाँडेका छन् । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया