पाँच जनाभन्दा कम श्रमिक भएका मलेसियन कम्पनीले जुलाईदेखि मात्र बढेको तलब लागू गर्ने

 पुस १२, २०७९ मंगलबार १७:४७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पाँच जनाभन्दा कम श्रमिक भएका मलेसियाका कम्पनीहरूले बढेको आधारभूत पारिश्रमिक सन् २०२३ को जुलाईदेखि मात्र लागू गर्ने भएका छन् । 

मलेसिया सरकारले पाँच जनाभन्दा कम श्रमिक भएका कम्पनीहरूलाई छुट दिँदै जुलाईदेखि बढेको आधारभूत परिश्रमिक दिँदा हुने निर्णय गरेको हो  ।

मलेसिया गएको मे महिनादेखि नै न्यूनतम तलब बढेर १५ सय मलेसियन रिंगिट लागू भएको छ । पाँच जनाभन्दा बढी श्रमिक भएका कम्पनीहरूले मे १ गतेदेखि नै यो नियम कार्यान्वयन गरिसकेका छन् । तर कोरोना महामारी लगायतका कारण आर्थिक संकट झेलिरहेका साना कम्पनीहरूका लागि मलेसियन सरकारले २०२३ को जनवरी १ देखि श्रमिकको पारिश्रमिक बढाउन पर्ने भनेको थियो । तर फेरि ६ महिना समय थप गर्दै जुलाईदेखि मात्र बढेको न्यूनतम पारिश्रमिक लागू गर्न भनेको हो । 

विभिन्न सरोकारवाला निकायसँगको दुई पक्षीय छलफलका आधारमा नै यो निर्णय गरिएको मलेसियाले जनाएको छ । 

जुलाईभन्दा अघिसम्म ५ जनाभन्दा कम श्रमिक भएका रोजगारदाताले ११ सयदेखि १२ सय रिंगिट तलब दिनु पर्नेछ । तर ५ जनाभन्दा बढी श्रमिक भएका रोजगारदाताले भने १५ रिंगिटभन्दा कम तलब दिन पाउने छैनन् । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया