बाग्मतीका मुख्यमन्त्री जम्कट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिने

 माघ ३, २०७९ मंगलबार १४:३५:५० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – बाग्मती प्रदेशमा पनि नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने भएको छ । सङ्घीय सरकारलाई विश्वासको मत दिएर आलोचित भएको नेपाली कांग्रेसले बाग्मती प्रदेशमा पनि नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री बन्नुभएका शालिकराम जम्कट्टेलाई विश्वासको मत दिने भएको हो ।

संसदीय दलको कार्यालय हेटौँडामा आज बसेको बैठकले केही सांसदहरूको फरक मत रहँदारहँदै पनि कांग्रेसले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । मुख्यमन्त्रीलाई विश्वासको मत दिएर गुण र दोषको आधारमा सशक्त प्रतिपक्षीको भूमिकामा रहने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले जानकारी दिनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेलले आजको प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । एक सय १० सदस्यीय प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । बाग्मतीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका जम्कट्टेलाई एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गरेका छन् । अरू नै दलहरु मिलेर सत्ता गठबन्धन बनाएको र नेपाली कांग्रेस प्रतिपक्षीमा रहँदा रहँदै पनि किन सङ्घीय सरकारदेखि प्रदेश सरकारलाई विश्वासको मत दिइरहेको छ भनेर धेरै अचम्ममा परेका छन् ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया