मकवानपुरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयाे

 माघ १४, २०७९ शनिबार ८:३८:४६ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - मकवानपुरको मनहरी-६ नयाँबस्तीमा  ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएकाे छ । 

ना ७ ख ८४७८ नम्बरको ट्याङ्करले ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौँडा उपमहानगरपालिका-१५ का ४० वर्षीय शंकरत्न तितुङको ज्यान गएको हाे । तितुङकाे ज्यान गएपछि स्थानीय बासिन्दाहरुले दुई घण्टासम्म पूर्व पश्चिम राजमार्ग अवरुद्ध पारेका थिए । 

ठक्कर दिने ट्याङ्कर तथा चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया