सुनको भाउ बढ्यो

 असोज २५, २०७५ बिहिबार ११:४८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सुनको भाउ बढेको छ । सुनको भाउ बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार तोलामा एक सय रुपैयाँ बढेको सुनको भाउ बिहीबार फेरि ३ सय रुपैयाँ बढेको हो । यसअघि गएको वैशाख ३० गते सुनको भाउ तोलाको ५९ हजार ३ सय रुपैयाँ थियो । त्यसपछि साउन ३० गते भाउ घटेर ५५ हजार ६ सय रुपैयाँमा झरेको थियो । 

तर अहिले अमेरिकी डलर महंगो हुँदा सुनको भाउ पनि बढेको महासंघले जनाएको छ । चाँदीको भाउ भने गएको सोमबारदेखि नै स्थिर छ । चाँदी तोलाको ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।  

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया