मलेसियाका गृह मन्त्री नेपालमा : आजदेखि औपचारिक भेटवार्ता गर्दै

 माघ २०, २०७९ शुक्रबार ९:४५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – नेपालको प्रमुख श्रम गन्तव्य देश मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइल काठमाण्डौ आइपुग्नुभएको छ । उच्चस्तरीय टोलीको नेतृत्व गर्दै गए राति काठमाण्डौ आइपुगेका मन्त्री इजमाइलले आज शुक्रवारदेखि औपचारिक भेटवार्ता गर्दै हुनुहुन्छ । यो भ्रमणका क्रममा नेपाल र मलेसियाबीच थप श्रमिक पठाउनेबारे छलफल केन्द्रित हुनेछ ।

गृह मन्त्री इजमाइलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ । मन्त्री इजमाइलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग औपचारिक भेटवार्ता गर्नुहुने कार्यक्रम छ ।

कोरोना महामारीका कारण बन्द भएका कम्पनीहरू खुल्न थालेका र नयाँ कम्पनीहरू समेत सञ्चालनमा आएपछि अहिले मलेसियामा श्रमिकको अभाव भइरहेको छ । यसका साथै फरेन इप्लोइमेन्ट रिल्याक्सेसन प्लान पनि मलेसियन सरकारले ल्याएको छ । यो कार्यक्रमअन्तर्गत मलेसियाले आफ्नो श्रम बजारमा नेपालसहित विभिन्न १५ देशबाट पाँच लाख श्रमिक लैजाने छ । नेपाल र मलेसियाबीच शून्य लागतमा नेपाली श्रमिक लैजाने गरी श्रम सम्झौता भए पनि पछिल्लो समय मलेसिया जाने श्रमिकले लाखौँ रुपैयाँ तिर्नु परिरहेको छ । गएको पुस महिनामा मात्रै २० हजारभन्दा धेरै नेपाली रोजगारीका लागि मलेसिया पुगेका छन् ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया