काठमाण्डौ–हेटौँडा जोड्ने फर्पिङ र दक्षिणकाली सडक खण्ड दुई महिनाको लागि बन्द

 फागुन १, २०७९ सोमबार ११:२७:३० | हरि हुमागाईं
unn.prixa.net

फाइल तस्बिर

मकवानपुर - हेटौँडाबाट काठमाण्डाै जाने छोटो मार्गको हुमाने-फर्पिङ खण्ड र सिस्नेरी-छैमले-दक्षिणकाली खण्डका सडक  मर्मतका लागि दुई महिना बन्द भएको छ । सडक निर्माणलाई तीव्रता दिन आज फागुन १ गतेदेखि २ महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने निर्णय पनि गरिएको छ ।

वैकल्पिक सडकको रुपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ्ग-मार्खु–कुलेखानी–भिमफेदी खण्डबाट यातायात सञ्चालन गर्ने र यी समग्र कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ । हेटौँडा–काठमाण्डौ छोटो दूरीको मार्ग अन्तर्गत ठाउँठाउँमा निर्माणका कामहरु भइरहेका छन् ।

यो छोटो दूरीको मार्ग निर्माण गर्नका लागि बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरुले विभिन्न ठाउँमा ठेक्का लगाएर काम भइरहेका छन् । यो सडक अन्तर्गत भैँसे–भिमफेदी खण्ड, हेवी कलङ्की–हुमाने खण्ड र हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको निर्माण कार्य भइरहेका छन्।

अन्तिम अपडेट: बैशाख १५, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया