सरकारी र निजी क्षेत्रले लगानी बढाए विपद्जन्य क्षति न्यूनीकरण गर्न सकिन्छ : गृहमन्त्री थापा

 असोज २७, २०७५ शनिबार १२:५४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अन्तराष्ट्रिय विपद् व्यवस्थापन दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । 

विपद् व्यवस्थापनको कामलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नेपालमा पनि हरेक वर्ष अक्टोबर १३ मा नेपालमा पनि अन्तराष्ट्रिय विपद् व्यवस्थापन दिवस मनाउने गरिन्छ ।

यसै अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापाले विपद्बाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्न लगानी बढाउन आह्वान गर्नुभयो ।

सरकारी, गैरसरकारी र निजी क्षेत्रले लगानी बढाउन सके विपदबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई न्यूनीकरण गर्दै लैजान सकिने गृहमन्त्री थापाको भनाई छ ।

नेपालमा हरेक वर्ष बाढी, पहिरोजस्ता विपद्का कारण हजारको संख्यामा मानवीय क्षति हुनेको गरेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । त्यसैगरी करोडौंको आर्थिक क्षति हुने गरेको छ ।

गृहमन्त्री थापाले विपदबाट हुने क्षति न्यूनीकरणका लागि सबैले पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । उहाँले विपत्तिको कारण र त्यसको निराकरणको उपायको खोजी गर्न पनि सम्वद्ध सबै पक्षलाई सचेत गराउनु भयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया