ओमानमा रहेको नेपाली दूतावासको छाप दुरुपयोग गरेर नक्कली मागपत्र बनाउने गिरोह सक्रिय

 फागुन १८, २०७९ बिहिबार १२:१०:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

ओमानकाे लागि नेपाली दूतावास भवन

काठमाण्डौ – ओमानको मस्कटमा रहेको नेपाली दूतावासको छाप र त्यहाँका पदाधिकारीको हस्ताक्षर दूरुपयोग गरेर नक्कली मागपत्र (डिमाण्ड लेटर) बनाएर ठगी गर्ने गिराेह सक्रिय भएकाे छ । दूतावासका अनुसार नक्कली डिमाण्ड कागजात प्रमाणीकरण गरी नेपालमा रहेका म्यानपावरहरूलाई पठाएर त्यो गिरोहले झुक्क्याएर आर्थिक ठगी गर्ने पाइएको छ । 

त्यस्ता मागपत्र प्रमाणीकरण सम्बन्धी कागजातहरू विशेष गरी बिहीबार नेपालमा उपलब्ध गराउने र आइतबार मात्र दूतावासबाट वैदेशिक रोजगार विभागको सफ्टवेयर एफईआईएमएसमा अपलोड हुने भनी झुक्याउँछन् । साथै म्यानपावरबाट ती कागजात एफईआईएमएसमा अपलोड गर्न अनुरोध गर्दै दूतावासमा इमेल पनि पठाउने गरेका छन् । 

तर दूतवासबाट प्रमाणीकरण हुने डिमाण्डहरू प्रत्येक दिन भोलिपल्ट बिहानसम्ममा एफईआईएमएसमा अपलोड भइसक्छन् । यस्तै बिहीबार भएका डिमाण्डहरू पनि त्यही दिन साँझसम्म एफईआईएमएसमा अपलोड गरिसकिने भएकोले यस किसिमका गिरोहसँग सतर्क रहन दूतावासले म्यानपावर व्यवसायीहरुलाई आग्रह गरेको छ । 

साथै यसरी प्राप्त नक्कली कागजातमाथि आवश्यक अनुसन्धान गरी कानूनी कारबाही गर्नका लागि सम्बन्धित निकायमा पठाइसकेको पनि दूतावासले जनाएको छ । दूतावासबाट प्रमाणीकरण भएका कुनै मागपत्र सम्बन्धमा थप जानकारी चाहिएमा वा नक्कली कागजात, सरकारी छाप बनाउने तथा मानवतस्कर गर्ने गिरोह सम्बन्धमा कुनै जानकारी भएमा नेपाल सरकारको सम्बन्धित निकायमा वा ओमानमा रहेको दूतावासको इमेल  [email protected] वा [email protected] मा खबर गर्न पनि दूतावासले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया