सप्तरी : रक्सी खाएर सुरक्षा जाँचमा खटिएका प्रहरी जवान कारबाहीमा

 फागुन २७, २०७९ शनिबार १२:३६:११ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको सदरमुकाम राजविराजमा रक्सी खाएर हाेहल्ला गर्ने प्रहरी जवान कारबाहीमा परेका छन् । रक्सी खाएर सुरक्षा जाँचमा खटिएका जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान सञ्जीवकुमार राय कारबाहीमा परेका हुन् ।

उनले शुक्रवार बेलुकी राजविराजमा रहेकाे महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडि रक्सी खाएर गाडीकाे चेकजाँच गरेकाे भिडियाे सामाजिक सञ्जालमा सार्वजनिक भएकाे थियाे । यस क्रममा स्थानीयले प्रतिकार गरेपछि उनी अर्धनग्न बन्दै गालीगलौज समेत गरेका थिए । भिडियो अहिले अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई कारबाही गरेकाे हाे । सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले आचरण विपरीत काम गरेकाले उनलाई निलम्बन गरिएकाे जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया