सप्तरीमा विद्युत् चुहावट गर्ने सात जना पक्राउ

 फागुन ३०, २०७९ मंगलबार ८:३९:१४ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा विद्युत् चुहावट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । अनधिकृत रुपमा विद्युत् उपयोग गरिरहेका सात जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएकाे हाे ।

टोलीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका लक्ष्मी यादव, राजेश यादव, कृष्ण कुमार यादव, जोगिन्द्र यादव, हनुमाननगर कङ्कालिनी नगरपालिकाका विक्रम मण्डल, बद्रिप्रसाद मण्डल र राम कुमार मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ भने उनीहरुलाई जरिबाना तिराएर छाडिने नेपाल विघुत् प्राधिकरण राजविराज शाखाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया