सप्तरी : हवाई फायर गरी १ सय ८४ किलाे गाँजा बरामद

 चैत ५, २०७९ आइतबार १८:१८:५६ | शुभनारायण यादव
unn.prixa.net

प्रतीकात्मक तस्बिर

सप्तरी – सप्तरीकाे गाेबरगाढा टप्पुबाट प्रहरीले हवाई फायर गरी १ सय ८४ किलो गाँजा बरामद गरेको छ ।

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाडाबाट प्रहरीले शनिवार राति १ सय ८४ किलो गाँजा बरामद गरेको हो । गाँजा घोडामा बाेकाएर भारत लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको प्रहरी टोलीलाई देखेपछि तस्करहरू गाँजा छाडेर भागेका थिए ।

गाँजा बरामद गरी ल्याउन खोज्दा तस्करहरूले खोस्न खोजेपछि अवस्थालाई नियन्त्रणमा लिन र बच्नका लागि प्रहरीले १ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहले जानकारी दिनुभयाे ।

गाँजा तस्करहरूको खोजी तथा घटनाकाे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया