बारामा एसईईकाे प्रश्नपत्र बाहिरिएकाे विषयमा केन्द्राध्यक्षसहित ५ जना निलम्बित

 चैत १७, २०७९ शुक्रबार १४:५१:१६ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित पाँच जना निलम्बित भएका छन् । आदर्श कोतवाल गाउँपालिकामा रहेको महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित पाँच जनालाई निलम्बन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्तालाई निलम्बन गरेको छ भने सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थीको आजको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

हटाइएका केन्द्राध्यक्षसहितको ठाउँमा नयाँ शिक्षकलाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया