उग्रतारा मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुईंचो

 असोज ३१, २०७५ बुधबार १४:२०:५१ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा - डडेल्धुराको उग्रतारा मन्दिरमा हरेक वर्ष बडादसैंको महाअष्टमीमा लाग्ने मेलामा दर्शनार्थीको घुर्इंचो लागेको छ । 

सुदूरपश्चिमकै प्रसिद्ध शक्तिपीठ मध्येको एक डडेल्धुराको उग्रतारा मन्दिरमा बुधबार बिहानैदेखिे घुईंचो लागेको हो ।

महाअष्टमीमा लाग्ने मेलामा सुदूरपश्चिमका विभिन्न ठाउँबाट दर्शनाथीहरु आउने गर्दछन् ।

अमरगढी नगरपालिका वडा नं¬ ८, लटाउली बस्ने साँकी जातीका स्थानीयले किम्बदन्तीअनुसार २५ सय वर्ष पहिले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी प्रकट भएको र दर्शन दिएपछि विधिवत रुपमा त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजाआजा गर्दै आएको स्थानीयको भनाई छ ।

असत्यमाथिको विजयउत्सव र लोककल्याणका लागि देवी दुर्गा महाकालीले उग्र रुपमा प्रकट भई महिषासुर राक्षसको बध गरेकाले उग्रतारा मन्दिरमा आजका दिन रांगाको बली दिने चलन रहिआएको छ ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया