बारा २ मा जसपाका यादव, एमालेका पाैडेल र रास्वपाका खरेलकाे उम्मेदवारी दर्ता

 चैत २०, २०७९ सोमबार १६:२०:३३ | जयनारायण यादव
unn.prixa.net

बारा – आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि बारा क्षेत्र नम्बर २ बाट जनता समाजवाद पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उम्मेदवारी दर्ता गर्नुभएकाे छ । 

सत्तारूढ गठबन्धनका साझा उम्मेदवार यादवले आज साेमवार कलैयामा रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएकाे हाे । उम्मेदवारी दर्ता गराउँदै जसपा अध्यक्ष यादवले बारा २ का नागरिकले आफूलाई बोलाएकाले आफ्नो जित निश्चित रहेको दाबी गर्नुभयाे । यसअघि मङ्सिर ४ गते भएकाे प्रतिनिधि सभा चुनावमा यादव जनमत पार्टीका सीके राउतसँग पराजित हुनुभएकाे थियाे । 

यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेल, आम जनता पार्टीका अरुण ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको यस क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया