काठमाण्डौ महानगरपालिका भित्र आज कोरोना विरुद्धको बुस्टर डोज लगाइने

 बैशाख ४, २०८० सोमबार ९:२५:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डौ महानगरपालिका भित्र आजदेखि कोरोना विरुद्धको बुस्टर डोज लगाउने अभियान सुरु हुँदैछ ।

कोराना भाइरसको सङ्क्रमण फैलिन थालेकाले बुस्टरको पहिलो र दोस्रो डोज दिने निर्णय गरेको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिका वडा नम्बर ८ र १९ को स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा नम्बर १० र ३१ को सामुदायिक सहरी स्वास्थ्य केन्द्र तथा राष्ट्रिय सभागृहमा बुस्टर खोप लगाउन सकिने छ ।

१२ वर्ष उमेर माथिका, दोस्रो खोप लगाएको ३ महिना पूरा भएकालाई पहिलो बुस्टर मात्रा तथा पहिलो बुस्टर लगाएको ६ महिना पूरा भएकाले बिहान १० बजेदेखि दिउँसो चारबजेसम्म खोप लगाउन पाउने छन् । यसअघि गएको चैत २९ गतेदेखि ३० गतेसम्म ललितपुर महानगरपालिले पनि बुस्टर डोज दिन खोप अभियान चलाएको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया