काेराेना सङ्क्रमणबाट १ जनाकाे ज्यान गयाे

 बैशाख १३, २०८० बुधबार १७:५०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २८ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । एक हजार छ सय ३४ जनाको नमुना परीक्षण गर्दा ८२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६५ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय ६१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको  छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया