काेराेना सङ्क्रमणबाट १ जनाकाे ज्यान गयाे

 बैशाख १४, २०८० बिहिबार १७:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १२ हजार २९ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय १७ जनाको नमुना परीक्षण गर्दा एक सय ११ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६० जना काेराेना सङ्क्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिले नेपालमा तीन सय ७८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया