२४ घण्टामा १९ जनामा काेराेना सङ्क्रमण

 बैशाख १८, २०८० सोमबार १९:२९:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा १९ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ । तीन सय ७५ जनाकाे नमुना परीक्षण गर्दा १९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

यही अवधिमा ६४ जना काेराेना सङ्क्रमित निकाे भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काेराेना भाइरसका सक्रिय सङ्क्रमितकाे सङ्ख्या दुई सय ८३ जना छ ।

यस्तै पछिल्लाे २४ घण्टामा २९ हजार तीन सय ९९ जनाकाे काेराेनाविरुद्धकाे खाेप लगाएका मन्त्रालयले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया