गुल्मी : हत्या प्रकरणका आराेपित पुर्पक्षका लागि कारागार चलान

 बैशाख २०, २०८० बुधबार १८:४०:८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीको मुसिकोट नगरपालिका–७ वामीमा एक महिलाको हत्यामा संलग्न आराेपितहरू पुर्पपक्षका लागि कारागार चलान भएका छन् । वामीकाे न्वारमा होटल सञ्चालन गर्दै आउनुभएकी ५८ वर्षीया गंगा शेरचनको गएकाे माघ १५ गते हत्या भएको थियो । 

शेरचनको शव आफ्नै होटलभित्र प्लास्टिककाे टेपले हातखुट्टा र मुख बाँधेकाे अवस्थामा फेला परेकाे थियाे । उहाँको हत्यामा संलग्न बाग्लुङकाे बडीगाड गाउँपालिका ७ का थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका ७ का लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ का शिवबहादुर तामाङलाई पक्राउ गरी गुल्मी जिल्ला अदालतबाट पुर्पक्षका लागि जिल्ला कारागार गुल्मी पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयाे ।

प्रहरी कार्यालयले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) काठमाण्डाैको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गएकाे फागुनमा पक्राउ गरेको थियो । उनकाे बयानको आधारमा तीन जना मिलेर सामूहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । 

त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गएकाे चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । त्यसपछि उनीहरूको बयानकाे आधारमा हत्यामा संलग्न पुष्टि भएपछि उनीहरूलाई बुधवार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

हत्यामा संलग्न तीनै जनाको बयानका आधारमा अझै एक जना फरार रहेका छन् । उनको खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Tiwari toplal

    May 5, 2023, 3:43 a.m.

    Gulmima bahiri gundaharu xiri naramro kam garna lage yasto lai tadpai taadpai fasi dinu parxa

  •  0 Reply

तपाईको प्रतिक्रिया