२४ घण्टामा काेराेना सङ्क्रमणबाट १ जनाकाे ज्यान गयाे

 बैशाख २१, २०८० बिहिबार २०:३१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको ज्यान गएको छ । 

सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाराका लागि भर्ना गरिएका कोरोना भाइरस र डेंङ्गुबाट सङ्क्रमित एक जना युवकको उपचारका क्रममा ज्यान गएको हो । उपचारका क्रममा बैतडीका ३० वर्षीय युवकको ज्यान गएको अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार ३१ जना पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन गरी एक हजार तीन सय एक जनाको नमुना परीक्षण गर्दा ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यही अवधिमा ५० जना काेराेना सङ्क्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय दुई रहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया