सेवा प्रवाहमा प्रहरी अब्बल छ : आईजीपी कुँवर

 बैशाख २१, २०८० बिहिबार १८:३३:४० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्ने बानी बसाल्न आग्रह गर्नुभएको छ । बिहीवार जिल्ला प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

आईजीपी कुँवरले प्रहरी भौतिकरूपमा साधन र स्रोतमा कमजाेर भए पनि नागरिकलाई सेवा प्रदान गर्ने कुरामा भने सधैँ अब्बल रहेको बताउनुभयो । नागरिकमैत्री भएर काम गर्न उहाँले प्रहरीलाई सुझाव दिनुभयाे ।

जिल्ला प्रहरी कार्यालय गुल्मीकाे परिसरमा पाँच वटा नयाँ भवन निर्माण भएका छन् । नवनिर्मित भवनमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, ब्यारेक, मेस र हिरासत कक्ष रहेका छन् । २०७६ चैत ६ गते निर्माण सुरु भएकाेमा भ्याटसहित छ करोड ६८ लाख रुपैयाँकाे लागतमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । 

भवन बिकोई शुनिल–समिर जेभीले बनाएकाे हाे । भवन निर्माण सम्पन्न भएपछि निर्माण कम्पनीले यसअघि नै जिल्ला प्रहरी कार्यालयलाई भवन हस्तान्तरण गरेको थियो । भवन निर्माणमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्राविधिक सहयोग गरेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया