पार्टी विधि अनुसार चल्नुपर्छ : नेता नेपाल

 कात्तिक ६, २०७५ मंगलबार १३:४८:३३ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले  कम्युनिष्ट पार्टीलाई विधि र पद्धतिभन्दा बाहिरबाट सञ्चालन गर्न खोजिएमा  त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभएको छ ।  

बाँकेको कोहलपुरमा मङ्गलबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टीभित्रका अन्तरविरोध नेतृत्वले सही ढंगले टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।   

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका वरिष्ठ नेता नेपालले कम्युनिष्ट पार्टीले सरकार र सदनसँगै सडकबाट समेत हस्तक्षेप गर्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सरकारका नकारात्मक कामको विरोध गर्नेलाई प्रधानमन्त्रीले आप्mनो विरोध गरेझै व्यवहार गर्न नहुने सुझाव दिनुभयो । पार्टीको तल्ला कमिटी एकीकरणका सन्दर्भमा आफूले सचिवालयमा राखेका विषयलाई बुधबार बस्ने बैठकमा छलफल हुने वरिष्ठ नेता नेपालको भनाई छ । 

पार्टीका स्थायी कमिटी सदस्य युवराज ज्ञवाली र कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालासँगै रहनुभएका वरिष्ठ नेता नेपालले पार्टीको स्थायी कमिटी बैठकले पार्टी कमिटी एकीकरणको कामलाई टुङ्गो लगाउने बताउनुभयो । 

उहाँले पार्टीका नेता कार्यकर्ताहरुलाई गुट उपगुटभन्दा पनि सही ढङ्गको जिम्मेवारी दिनुपर्ने पक्षमा आप्mनो मान्यता रहेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया