२४ घण्टामा १० जनामा काेराेना सङ्क्रमण

 बैशाख ३१, २०८० आइतबार १८:३४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लो २४ घण्टामा १० जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । आठ सय ४४ जनाकाे नमुना परीक्षण गर्दा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा १२ जना काेराेना सङ्क्रमित निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय २० जनामा झरेको छ । सक्रिय सङ्क्रमितमध्ये १० जना आइसाेलेशनमा, एक जना आईसीयूमा र एक जना भेन्टिलेटरमा उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया